“प्राकृतिक सम्पदा युक्त हराभरा सहर, सम्पुर्ण नगरबासीको एउटै रहर”

header AD
संक्षिप्त विवरण

प्राकृतिक सुन्दरताले भरिपूर्ण परशुराम नगरपालिका सुदूरपश्चिम प्रदेश, डडेल्धुरा जिल्लाको भित्री मधेश भेगमा अवस्थित छ। साविकका दुईवटा गा.वि.स. हरु जोगबुडा र शिर्षलाई मिलाई २०७१/०८/१६ गते परशुराम नगरपालिकाको घोषणा गरिएको हो ।

"भगवान विष्णुका" १० वटा मुख्य अवतारहरु मध्ये छैठौँ अवतार भगवान परशुरामको नामबाट यस नगरपालिकाको नामाकरण परशुराम नगरपालिका गरिएको हो । स्कन्ध पुराणमा उल्लेख गरिए अनुसार जमदग्नी पुत्र परशुरामले तप, ध्यान तथा साधना गरेको पुण्य स्थल परशुरामधाम यसै पालिकामा अवस्थित छ।

क्षेत्रफल र जनसंख्या दुबैका आधारमा डडेल्धुरा जिल्लाको सबैभन्दा ठुलो पालिका परशुराममा १२ वटा वडा रहेको छन। यस नगरपालिकाको क्षेत्रफल ४१४.०७ वर्ग कि.मी. छ, भने राष्ट्रिय जनगणना २०७८ अनुसार परशुराम नगरपालिकाको जम्मा जनसंख्या ३५,५९० रहेको छ। जसमध्ये ५३%  महिला र ४७% पुरुष छन।

  • वडा संख्या: १२
  • मतदान केन्द्र:  
  • पुरुष मतदाता संख्या:  
  • महिला मतदाता संख्या:  
  • अन्य मतदाता संख्या:  
  • कुल मतदाता संख्या:  

भौगोलिक स्थितीः
सुदूरपश्चिम प्रदेश
जिल्लाः डडेल्धुरा


सिमानाः
पुर्वः आलिताल पगाउँपालिका
पश्चिमः भारत
उत्तरः भागेश्वर गाउँपालिका
दक्षिणः शुक्लाफाँटा नगरपालिका बेदकोट नगरपालिका र भीमदत्त नगरपालिका


अवस्थितीः
-- डिग्रि -- मिनेट उत्तर देखी -- डिग्री -- मिनेट अक्षांश
-- डिग्रि -- मिनेट देखि -- डिग्री -- मिनेट पूर्व देशान्तर
समुद्री सतहबाट १०० मी. देखी -- मी.


कुल क्षेत्रफलः ४१४.०७ वर्ग कि.मि. 

आधारभूत जानकारी
Sudur Pashchim
Dadeldhura
नगरपालिका
414.07 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 35590
Male 16741
Female 18849
Other 0
नक्शा दृश्य (Map View)

Coordinates: 29.129271° N, 80.356858° E