FAQs Complain Problems

आँखा शिविर सम्पन्न

परशुराम नगरपालिकाको आयोजनामा यहि मिति २०७४/११/१९ देखि २०७१/११/२४ गते सम्म यस नगरका विभिन्न स्थानहरुमा गेटा आँखा अस्पताल, कैलालीको प्राविधिक सहयोगमा आँखा शिविर सफलता पुर्वक सम्पन्न गरिएको थियो .उक्त शिविरमा नगर वासीहरुले आफ्नो नजिकको स्थानमा उपस्थित भई यो सुबिधा लिएकाछन् . परशुराम नगरपालिकाको वार्ड न. ३, ७ र १० मा क्रमश १९,२० र २१ गते आँखा सम्बन्धि प्राथमिक शिविर संचालन गरिएको थियो भने वार्ड न.१२ जोगबुडामा २२ र २३ गते आँखाको शैल्याक्रिया शिविर संचालन गरिएको थियो. यस कार्यक्रममा १३३६ जनाले सामान्य उपचार लिएका थिए भने ७९ जनाले शैल्य्क्रिया सुविधा लिएका थिए .